मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २२ बुधबार १६:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ११.९७ अंकले घट्यो, कारोबार रकम ८२ करोडमा सीमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार १६:२६:oo

पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधबार पनि घटेर कारोबार बन्द भएको छ । बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर एक हजार नाै सय ३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.७० अंक, फ्लोट इन्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंक घटेको छ ।

बुधबार कारोबारमा आएका दुई सय २४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकमसमेत गिरावट हुँदै आएको छ । मंगलबार एक अर्ब १९ करोड सात लाख ६५ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो। 

बुधबार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचकबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ । तर, व्यापार उपसमूहको परिसूचक २.४३ प्रतिशत घटेको छ ।

 बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्यु्चुअल फन्डको इकाइमूल्य ७.७२ प्रतिशत बढेको छ । त्यस्तै,अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ६.३८ प्रतिशत बढेको छ । यता, प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य  ५.८८ प्रतिशत घटेको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको  पाँच करोड १५ लाख ६० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।