Skip This
मधेश प्रदेशमा चार महिनामा ७२ प्रहरी कारबाहीमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
तिवारी यादव वीरगन्ज
२o८१ मङ्सिर ९ आइतबार १४:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेशमा चार महिनामा ७२ प्रहरी कारबाहीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १४:५१:oo

मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन । आठ जिल्ला रहेको मधेश प्रदेशमा नेपाल प्रहरीका २७० जना प्रहरी पुरस्कृत हुँदा ७२ जना कारबाहीमा परेका हुन् । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामकाे तथ्यांकअनुसार मधेश प्रदेशमा कार्यरत प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मले पुरस्कार पाएका छन् । यस्तै, प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका प्रहरीहरूले मात्र कारबाही भोगेका छन् । 

मधेशमा प्रहरी उपरीक्षक पाँचजना, प्रहरी नायब निरीक्षक ६ जना र प्रहरी निरीक्षक १५ जनाले पुरस्कार पाएको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको चार महिनामा प्रहरी वरिष्ठ नायब निरीक्षक १० जनाले पुरस्कार पाउँदा एकजना कारबाहीमा परेका छन् । 

यस्तै, प्रहरी नायब निरीक्षक २४ जनाले पुरस्कार पाउँदा एकजना कारबाहीमा परेको मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए । 

उनका अनुसार प्रहरी सहायक निरीक्षक ४१ जनाले पुरस्कार पाउँदा ६ जनालाई कारबाहीमा भएको अवस्था छ । यस्तै, प्रहरी वरिष्ठ हवल्दार २५ जनाले पुरस्कार पाउँदा पाँचजनालाई कारबाही, प्रहरी हवल्दार ३९ जनाले पुरस्कार पाउँदा १४ जनालाई कारबाही भएको प्रहरी तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, प्रहरी सहायक हवल्दार ३५ जनाले पुरस्कार पाए भने १० जना कारबाहीमा परेका छन् । प्रहरी जवान ६४ जनाले पुरस्कार पाउँदा ३१ जना र प्रहरी कार्यालय सहयोगी ६ जनाले पुरस्कार पाउँदा चारजना कारबाहीमा परेको उनले बताए । 

गत आवमा कति जना कारबाहीमा परे ?
मधेश प्रदेशमा गत आव ०८०/८१ मा एक हजार चार सय ६३ जना पुरस्कृत हुँदा २८७ जना कारबाहीमा परेका छन् । प्रहरी तथ्यांकअनुसार मधेश प्रदेशमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मले पुरस्कार पाएका छन् भने प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म कारबाहीमा परेको अवस्था छ ।

यस्तै, प्रहरी नायब उपरीक्षक २३ जना पुरस्कार पाउँदा दुईजनालाई कारबाही, प्रहरी निरीक्षक ९१ जनालाई पुरस्कार पाउँदा दुईजना रहेका विभागीय कारबाहीमा परेका छन् । 

यस्तै, प्रहरी वरिष्ठ नायब निरीक्षक ५४ जना पुरस्कार पाउँदा ६ जना कारबाहीमा, प्रहरी नायब निरीक्षक ७३ जनाले पुरस्कार पाउँदा ६ जना कारबाहीमा परेको मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बोहराले जानकारी दिए । 

यस्तै, प्रहरी सहायक निरीक्षक ११५ जनाले पुरस्कार पाउँदा २६ जना, प्रहरी वरिष्ठ हवल्दार ९० जनाले पुरस्कार पाउँदा नाैजना, प्रहरी हवल्दार २११ जनाले पुरस्कार पाउँदा ४७ जना, प्रहरी सहायक हवल्दार २६५ जनाले पुरस्कार पाउँदा ६५ जना कारबाहीमा परेका छन् ।

त्यस्तै, प्रहरी जवान ४१६ जनाले पुरस्कर पाउँदा ११४ जना कारबाहीमा परेका छन् भने कार्यालय सहयोगी ४० जनाले पुरस्कार पाउँदा नाैजनालाई कारबाही र प्रहरी प्राविधिक जवान एकजनालाई कारबाही भएको उनले बताए ।