हिमाली जिल्ला डोल्पामा एमाले, कांग्रेस र माओवादी केन्द्रले संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको सिफारिस टुंग्याएका छन् । आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशकाे निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने केन्द्रीय सर्कुलरबमोजिम जिल्लास्थित राजनीतिक दलहरूले नाम सिफारिस टुंग्याएका हुन्।
कांग्रेस
जिल्ला कार्यसमिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कर्ण बुढालाई एकल उम्मेदवार सिफारिस गरेको पार्टी सचिव हिक्मत शाहीले जानकारी दिए । त्यसैगरी प्रतिनिधिसभा समानुपातिकका लागि पूर्वपार्टी सभापति टंकप्रसाद उपाध्याय, पूर्वसमानुपातिक सांसद दूधकुमारी हमाल, अर्णबहादुर न्यौपानेलाई सिफारिस गरिएको छ ।
यसैसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति दीपेन्द्रबहादुर शाहीलाई एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ । समानुपातिकतर्फ योगेन्द्रबहादुर शाही, नवराज शाही, श्रीबहादुर शाही, दशरथ रोकाय, सुवर्ण शाही, वेगमसिंह ठकुरी, रामकुमारी शाही, जुना रोकायलाई सिफारिस गरेको छ ।
प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का लागि प्रत्यक्षतर्फ पार्टी जिल्ला उपसभापति पुर्णबहादुर शाही, श्रीलाल बस्नेत, भैरवबहादुर शाहीलाई सिफारिस गरेको छ । यसअघि ‘ख’ क्षेत्रका सभापति मोतीप्रसाद उपाध्यायको अध्यक्षता बसेको बैठकले महासमिति सदस्य जयनन्द उपाध्याय, पूर्णबहादुर शाही, तुलबहादुर बोहरा, श्रीलाल बस्नेत, सुनरुपा ठकुला, कर्णचन्द्र रोकायको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाइएको थियो ।
तर, जिल्ला कार्यसमितिले जयनन्द उपाध्यायसहित तीनजनाको नाम काटेर पार्टी उपसभापति पूर्णबहादुर शाही, श्रीलाल बस्नेत, भैरवबहादुर शाहीलाई सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले पार्टीको विधानबमाेजिम क्षेत्रिय सभापतिको नेतृत्वमा गरिएको निर्णय कुल्चेर पुनः उम्मेदवाररको नाम थपघट गरेर सिफारिस गरिएकोमा घोर आपत्ति रहेको महासमिति सदस्य उपाध्यायले बताए । यसैगरी समानुपातितर्फ शुरबहादुर शाही, विष्णु रोकाय, लक्ष्मी शाही, मतिरूपा रावललाई सिफारिस गरिएकाे छ ।
एमाले
यस्तै, नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस टुंग्याएको छ । जिल्ला कमिटीले प्रतिनिधिसभाका लागि बदमीकुमारी बोहरालाई एकल उम्मेदवार सिफारिस गरेको पार्टी सचिव लंकबहादुर रोकायले जानकारी दिए ।
त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पूर्वजिल्ला समन्वय समिति प्रमुख तथा पार्टी जिल्ला अध्यक्ष शेरबहादुर बुढालाई एकल सिफारिस गरिएको छ । समानुपातिकतर्फ विष्णुबहादुर रोकाय, प्रिमाकुमारी शाही र प्रेमलाल विकलाई सिफारिस गरिएकाे छ ।
यस्तै ‘ख’ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ धनचन्द्र बैजी, आङबहादुर लामा, चन्द्राकुमारी बुढालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ तुलाचन्द्र बुढा र प्रेम विकलाई सिफारिस गरिएको छ ।
माओवादी केन्द्र
माओवादी केन्द्र डोल्पाले संघ र प्रदेशका लागि उम्मेदवार सिफारिस टुंग्याएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ जिल्ला पार्टी अध्यक्ष मालबहादुर रोकाय, दिलबहादुर विष्ट र वीरेन्द्रकुमार डाँगीलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ माओवादी केन्द्र केन्द्रीय सदस्य काली चलाउने, भीमा केसी बञ्जारा र नैनसिंह विकलाई सिफारिस गरेको छ ।
त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ धनप्रसाद कार्कीलाई सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का लागि प्रत्यक्षतर्फ बहालवाला उद्योग पर्यटन वन तथा वातावरणमन्त्री वीरबहादुर शाही र चन्द्रमान रोकायको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ ग्याल्बो थापा भोटे, उर्मिला विक, पूर्णिमा बोहोरा र पेमा डोल्मा गुरुङको नाम सिफारिस गरेको छ ।
एकीकृत समाजवादी
त्यसैगरी नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस टुंग्याएको छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वपर्यटन राज्यमन्त्री तथा सांसद धनबहादुर बुढाको नाम एकल सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने मिलन शाही र काली बुढाको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पूर्वमन्त्री नन्दसिंह बुढाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ युवा नेता मानप्रसाद बुढा र मिलन शाहीको नामसिफारिस गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ युवराज थकालीको नाम एकल रूपमा सिफारिस गरिएको छ । समानुपातिकतर्फ छक्कबहादुर धराला र माया ठकुल्लाको नाम सिफारिस गरिएको छ ।