१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

लौरो टेकेर बिरामीको उपचार गर्न जान्छन् डा. रिजाल

डाक्टरको रोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo

डा. भोला रिजालले ढाडको समस्या सुरु भएको ४४ वर्षपछि सन् २०१९ मा मेरुदण्डको शल्यक्रिया गरे । टर्कीमा उपचार गराएर फर्किएका रिजाल त्यसको एक वर्षपछि नै पुनः लौरो टेकेर अस्पताल धाउन थाले, जो अहिलेसम्म पनि जारी छ ।

‘नेपालमा त्यतिखेर अर्थोपेडिक सर्जनहरू एक–दुईजना मात्रै थिए । र, सामान्य समस्याका लागि पनि सर्जनकै भर पर्नुपथ्र्यो । स्पाइनल सर्जन त छँदैथिएन । अपरेटिभ म्यानेजमेन्टको स्केल पनि थिएन । समस्या देखिएको समयमा दुई हप्ताजसो ट्र्याक्सनमा बस्ने गरेको थिएँ,’ आफ्नो उपचारमा ढिलाइ हुनुको कारणबारे रिजालले भने, ‘कहिले दुख्ने, निको हुने भइरहन्थ्यो । सुरुमा सामान्य लिइयो । प्रसूतिका जटिल शल्यक्रियाका लागि घन्टौँसम्म उभिनुपर्ने, बिरामीको उपचारका लागि घन्टौँ राउन्डमा बस्नुपर्ने दैनिकीका कारण ढाड दुख्ने समस्या अति बढेपछि शल्यक्रिया गर्नुको विकल्प रहेन ।’

उपचार गराएर फर्किएको दुई वर्षसम्म उनी टेस्टट्युब बेबी शल्यक्रिया र प्रसूति शल्यक्रियाजस्ता जटिल केसका लागि मात्रै अस्पताल जान्थेँ । केही समययता फलोअपका लागि आउने बिरामीको चेकजाँचसमेत गर्ने गरेका छन् ।  यद्यपि, उनको स्वास्थ्य अवस्था अझै पूर्ण ठीक भइसकेको छैन । भर्‍याङ चढ्न, हिँड्न र केही बेर उभिनसमेत कसै न कसैको सहारा चाहिन्छ । 

प्रसूति स्वास्थ्यमा सक्रिय 
नेपालमा पहिलोपटक टेस्टट्युब बेबी प्रविधि भिœयाउने श्रेय रिजाललाई जान्छ । यसपछि धेरै निःसन्तान दम्पती बाबु–आमा बने ।  डा. रिजालले नेपालका ६७ जिल्ला पुगेर स्वास्थ्य सेवा दिइसकेका छन् । उनले ०३९ सालदेखि १० वर्ष त्रिवि शिक्षण अस्पताल र त्यसपछिको २९ वर्षसम्म ओम अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ भएर काम गरे । पछिल्लो समय ह्याम्स अस्पतालमा कार्यरत छन् । 

उनले आफ्नो करिअर थाल्दा नेपालमा मातृ तथा बाल मृत्युदर उच्च थियो । ‘त्यतिवेला महिलाले घरमै बच्चा जन्माउने गर्थे । प्रसूतिको समयमा उपचार वा चिकित्सक आवश्यक हुन्छन् भन्नेसमेत ज्ञान थिएन,’ मृत्युदर उच्च हुनुको कारणबारे रिजालले भने । 

निःसन्तानको समस्या पीडादायी 
निःसन्तान बन्नुपर्दा त्यतिवेलाका दम्पतीहरू दुःखित रहेको उनको अनुभव छ । ‘त्यो समयमा निःसन्तानका लागि नेपालमा कुनै सेवा उपलब्ध थिएन । भारतका केही अस्पताल भिजिट गर्दा आधाभन्दा बढी प्रतिशत दम्पती नेपालका हुन्थे । त्यसपछि मलाई नेपालमा पनि टेस्टट्युब बेबी सेवाको सुरुवात गर्ने हुटहुटी चल्यो,’ उनले भने, ‘लामो प्रयासपछि ०६० सालमा ओममा पहिलोपटक टेस्टट्युब बेबी जन्मियो ।’ 

ad
ad