१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रासस दमक
२o८१ जेठ ४ शुक्रबार १५:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अज्ञात व्यक्तिको आक्रमणबाट एक विद्यार्थी घाइते

Read Time : < 1 मिनेट
रासस, दमक
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:२७:oo

झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन्। अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमक बस्दै आएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन्।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

ad
ad