Skip This
नख्खु कारागार पुगेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेटे आलम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Saturday, 27 July, 2024
टेकराज थामी काठमाडाैं
२o७९ भदौ १७ शुक्रबार o६:o१:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नख्खु कारागार पुगेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेटे आलम

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार o६:o१:oo

तीन वर्षदेखि नख्खु कारागारमा रहेका अफ्ताब आलमलाई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत साता भेटेका छन् । स्रोतका अनुसार करिब एक घन्टा भएको छलफलमा आलमले रौतहट २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न चाहेको बताएका थिए ।

मन्त्री कार्कीले यसमा सहजीकरण गर्न सघाउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धतापछि उनको नाम सर्वसम्मतले सिफारिस भएको हो । कारागार कार्यालय प्रमुख सुवास लामिछानेले सञ्चारमन्त्री कार्की आलम भेट्न आएको स्वीकार गरे । उनले भने, ‘मन्त्रीज्यू आमललाई भेट्न आउनुभएको हो । केहीबेर मात्रै उहाँहरूबीच भेटवार्ता भएको हो,’ उनले भने । 

जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जेलमा रहेका आलम सांसद उम्मेदवारमा सिफारिस
जिउँदै मान्छे इँटाभट्टमा जलाएर सामूहिक हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका आलमलाई कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस क्षेत्रीय कार्यसमितिले उनलाई गृहक्षेत्र रौतहट २ को उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो । 

उक्त क्षेत्रमा अञ्जु झाको नाम पनि चर्चामा थियो । तर, क्षेत्रीय कार्यसमितिले उनको नाम फिर्ता गरेर आलमलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेको छ । कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले क्षेत्रीय कार्यसमितिबाट आलमको नाम सर्वसम्मत सिफारिस भएको बताए । 

‘पार्टीको क्षेत्रीय कार्यसमितिले रौतहट २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अफ्ताब आलमको नाम सर्वसम्मतिले सिफारिस गरेको छ । कार्यसमितिको बैठकले आलमको मात्रै नाम सिफारिस गरेको हो,’ उनले भने । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गत स्थानीय चुनावमा उनका छोरा डा. मोहम्मद राजिक राजपुर नगरपालिकाको मेयर निर्वाचित भएका छन् ।