
एमाले महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धनका दलले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन् ।
एमाले बलियो राष्ट्रिय शक्ति भएको भन्दै उनले ४ मंसिरमा हुने आगामी निर्वाचन बलियो राष्ट्रिय शक्ति एमाले र गठबन्धनबीच हुने बताए । ‘यसपटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिको छनोटको रूपमा रहेको छ,’ महासचिव पोखरेलले भने, ‘पाँचदलीय सत्तागठबन्धनले चुनवामा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दै छ ।’ उनले कांग्रेसले नीतिग सामर्थ्य गुमाइसकेको पनि जिकिर गरे ।