मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ १० शुक्रबार १८:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेविसंघको कब्जामा त्रिवि कार्यकारी परिषद्का कागजात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ १० शुक्रबार १८:१९:००

सत्तारुढ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिवि कार्यकारी परिषद्को बैठकका कागजपत्र नियन्त्रणमा लिएको छ। एल्लो प्यागोडा होटलमा शुक्रबार जारी बैठकबाट आफूहरूले कागजात नियन्त्रणमा लिएको नेविसंघ त्रिविका नेता श्यामराज ओझाले बताए।

बैठकमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिनहरूलगायत कार्यकारी परिषदका सदस्यहरू थिए। त्रिविले कीर्तिपुरस्थित कार्यालयमा बैठक नगरेर होटलमा बैठक गरेकोले कागजात नियन्त्रणमा लिनुपरेको ओझा बताउँछन्।

‘कार्यकारी परिषदको बैठक गर्न त्रिविमै पर्याप्त संरचना छन्, होटलमा बैठक गर्न पर्दैन,’ उनले भने, ‘विद्यार्थीका आवाज र हाम्रा माग नसुन्ने अनि होटलमा कार्यक्रम गर्ने?’

त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण गर्ने, नेपाल कमर्श क्याम्पस मीनभवन पूँजीगत शीर्ष बजेट विनियोजन गर्ने सम्बन्धमा लगायत ७ एजेन्डामाथि छलफल गर्न कार्यकारी परिषदको बैठक बसेको थियो। नेविसंघले कागजात नियन्त्रणमा लिएकोबारे जिज्ञासा राख्दा रजिष्ट्रार पेशल दाहालले आफू व्यस्त रहेको बताए। नेविसंघले त्रिविका विभिन्न निकायमा गत असारदेखि नै तालाबन्दी गरेको छ।