१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर : एएफपी
२o८१ बैशाख १९ बुधबार oo:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युद्धबीच युक्रेनले मनायो स्वतन्त्रता दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार oo:२१:oo

युक्रेनले बुधबार आफ्नो ३१औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगस्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुन सक्ने भन्दै नागरिकलाई घरबाहिर ठूलो संख्यामा ननिस्कन आग्रह गरेका थिए । 

राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसले क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले किभका अधिकारीले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन् । 

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै नागरिकलाई भनेका छन्, ‘रुसी उक्साहट र निर्मम आक्रमणको सम्भावना छ । कृपया सुरक्षाका नियम कडाइका साथ पालन गर्नुहोस् । कृपया कर्फ्युको पालन गर्नुहोला । एयर साइरनमा ध्यान दिनुहोला । आधिकारिक घोषणामा ध्यान दिनुहाला । हामी सबैले मिलेर विजय हासिल गर्नुपर्छ ।’

गत वर्ष युक्रेनी स्वतन्त्रताको ३०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित सैन्य परेड हेर्न किभमा भिड जम्मा भएको थियो । यस वर्ष राजधानीको मध्यभागस्थित एक चोकमा थोरै संख्यामा मात्र बासिन्दा भेला भएर स्वतन्त्रता दिवस मनाए, जहाँ नष्ट भएका रुसी ट्यांकरहरू र तोपखानाहरू सप्ताहन्तमा प्रदर्शनमा राखिएको छ । उक्त स्थानमा प्रत्येक दिन बिहान ७ बजे राष्ट्रिय गान बजाइन्छ ।
 

ad
ad