मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ ८ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ह्वावेको 'सिड्स फर द फ्युचर' कार्यक्रम उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार १९:o५:oo

ह्वावेले सिड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोह काठमाडौंमा गरिएको छ। ह्वावेले नेपालमा उक्त कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो।

यस कार्यक्रममा ह्वावेको ग्लोबल फ्ल्यागसिप सिएसआर कार्यक्रम हो जुन आइसिटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित गरिएको छ। कार्यक्रम पहिलोपटक थाइल्यान्डमा २००८ मा सुरु भएको थियो। त्यसवेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्।

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ। त्यसपछि प्रा. डा. शशिधरराम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनीष पोखरेलले लिएको जिपिए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो।