मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १७ बुधबार
  • Wednesday, 31 May, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २ बिहीबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष लम्सालमाथि नियोजित रूपमा दुर्व्यवहार गरियाे : प्रेस युनियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २ बिहीबार १७:२०:००

नेपाल प्रेस युनियनले आफ्ना अध्यक्ष शिव लम्सालमाथि ३१ साउनको साँझ ट्राफिक प्रहरीबाट दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ । 
युनियनको तर्फबाट महासचिव दिलीप पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष लम्सालको मानमर्दन गर्नमाथि वास्तविक घटनालाई नियोजित रूपमा अतिरिन्जित पारेर भ्रम सिर्जना गर्न खोजिएको जनाएका छन् । 
‘काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका लम्सालको निजीनिवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रूपमा गरेको दुर्व्यवहार निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लम्सालको घरनजिकै रहेको रेस्टुरेन्टअघि पार्किङ गरिएका सवारीसाधनले सडकमा पुर्याएको अवरोध हटाउँदा रेस्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरीले घरमा पुगेर अपमानित हुने व्यवहार गरेका हुन् ।’ 
युनियनले लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचिएको र सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरिएको भन्दै घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाहीको माग गरेको छ ।