१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालेन–हर्कको सवाल–जवाफमाथि प्रतिनिधिसभामा चर्चा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५७:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरका मेयर हर्क साङपाङको सवाल–जवाफ आजको प्रतिनिधिसभा बैठकमा उठेको छ । 
बैठकको शून्य समयमा एमाले सांसद कृष्ण राईले सामाजिक सञ्जालमा यी दुई मेयरबीच चलेको दोहोरीको चर्चा गर्दै फोहोर व्यवस्थापनमा ठोस काम हुन नसकेको विषय उठाए । 

सांसद राईले भने, ‘फोहोर व्यवस्थापनसम्बन्धी समस्याका विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी नै देखियो । चारबुँदे सहमतिपछि पनि फोहोर नउठ्ने हो कि भन्ने समस्या जस्ताको तस्तै छ । किनभने, सहमतिले जनताका समस्यालाई नजरअन्दाज गरेको छ ।’

राईले महानगरको तर्फबाट समस्या समाधानको योजना नै आउन नसकेको र सरकारले पनि अकर्मन्यता प्रस्तुत गरेको जिकिर गरे । विचारणीय कुरा के छ भने न महानगरले योजना प्रस्तुत गरेको देखिन्छ, न सरकारले गरेको देखिन्छ । उही पुरानै पाराबाट फोहोरलाई माटोले पुरेर व्यवस्थापन गर्ने, नयाँ प्रविधि भित्र्याएर यसलाई समाधान गर्नेतर्फ कसैको ध्यानाकर्षण भएको देखिएन ।

काठमाडौंको फोहोर नउठिरहेका वेला केही दिनअघि काठमाडौं आएका हर्क राईले आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको भन्दै मेयर बालेन्द्र साहलाई व्यंग्य गरेका थिए । मेयर साहले पनि ‘तपाईंकै लैरो चुनाव चिह्नबाट मैले पनि चुनाव जितेको हो नि’ भन्दै व्यंग्य फर्काएका थिए ।
 

ad
ad