१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Thursday, 06 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जित नेपाल र जितो टिएनएपिटिएसबीच सिस्टर च्याप्टर सम्बन्ध स्थापना गर्न हस्ताक्षर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:२८:oo

जैन इन्टरनेसनल ट्रेड अर्गनाइजेसन (जित) नेपालले जिताे टिएनएपिटिएस जोन- हैदराबाद, कोइम्बटोर र विशाखापट्टनम च्याप्टर्ससँग सिस्टर च्याप्टर सम्बन्ध स्थापनाका लागि एमओयूमा हस्ताक्षर गरेकाे छ। हस्ताक्षर यही १८ वैशाखमा भएकाे हाे। नेपाल च्याप्टरका अध्यक्ष कमलकुमार बेगानीले एमओयूमा हस्ताक्षर गरेका हुन्। 

जिताे विश्वभरका जैन उद्योगी, व्यवसायी र पेसेवरहरूको समुदाय हो, जसमा संयुक्त राज्य अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र भारतलगायत २८ अन्तर्राष्ट्रिय स्थानका १५,४११ सदस्य आर्थिक सशक्तीकरण, ज्ञान र सेवाका उद्देश्य पूरा गर्न सक्रिय छन्।

सन् २०१७ मा स्थापना कालदेखि नै नेपाल च्याप्टरले नैतिक व्यापार अभ्यास, नेटवर्किङ र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धनलगायतका क्षेत्रमा काम गर्दै आएको छ। 

यसले सदस्यबीचको सम्पर्कलाई सहज बनाउने,  ज्ञानको आदानप्रदान गर्ने र नेपाली जैन व्यवसायी समुदायमा सीप विकास र मार्गदर्शनका लागि अवसरहरू प्रदान गर्दछ। 

हस्ताक्षर समाराेहमा भारतबाट टिएनएपिटिएस जोनका करिब दुई सय सदस्यको सहभागिता थियो। यो समझदारीपत्रले दुई राष्ट्रहरूबीच विचार, ज्ञान र उत्कृष्ट व्यापार अभ्यासहरूको स्वतन्त्र प्रवाहलाई सहज बनाउने विश्वास गरिएको छ। 
 

ad
ad
ad
ad
ad
ad