१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार १५:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर हर्क साम्पाङले भने – ‘काठमाडाैंको फोहोर देख्दा श्रमदान गर्न मन लाग्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १५:५९:००

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशकै राजधानी काठमाडौंमा फोहोर व्यवस्थापनमा भइरहेको असफलतामाथि व्यंग्य गरेका छन् । 
उपमहानगरको मेयर निर्वाचित भएपछि पहिलोपटक काठमाडौं आएका साम्पाङले महानगरका सडकमा थुप्रिएको फोहोर देखेपछि त्यस्तो व्यंग्य गरेका हुन् । 

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजधानीको फोहोर हटाउन श्रमदान गर्न चाहेको बताएका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडकका किनारमा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ।’ उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’ 

फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आलोचना हुन थालेको छ । यस्तोमा धरानका मेयरले समेत व्यंग्य कसेका छन् । 
धरानमा खानेपानीको अभाव पूर्ति गर्न एकसूत्रीय रूपमा लागिपरेका साम्पाङले त्यसै सिलसिलामा सरकारका सरोकारवाला मन्त्री र सचिवहरूसँग छलफल गर्न काठमाडौं आएका हुन् ।