मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बञ्चरेडाँडा जाने क्रममा बाटाेमा राेकिएका फाेहाेरसहितका गाडी । तस्बिर : नयाँ पत्रिका अर्काइभ
समाचार डिजिटल संस्करण

टिपरले बाख्रालाई ठक्कर दिँदा कागतीगाउँबासीले रोके सयाैँ गाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १५:२३:००

उपत्यकाको फोहोर लिएर बन्चरेडाँडा जाँदै गरेका गाडी आज दोस्रोपटक रोकिएका छन् । बिहान तारकेश्वर नगरपालिका– ३ को तीनपिप्लेमा अवरोध खेपेका गाडी दिउँसो सिसडोलमा रोकिएका हुन् । 

बन्चरेडाँडा जाने क्रममा ककनी गाउँपालिकाको कागतीगाउँमा फोहोर बोकेको टिपरले बाख्रालाई ठक्कर दिएपछि स्थानीयले बाटो छेकेका हुन् । स्थानीयवासीले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । 

स्थानीयको अवरोधपछि फोहोरसहितका सयौँ गाडी लाइन लागेका छन् । यसअघि आजै बिहान तारकेश्वर नगरपालिका– ३ को तीनपिप्लेमा स्थानीयले सडक अवरुद्ध गर्दा गाडी रोकिएका थिए । तीनपिप्लेको आठमाइलनजिक रहेको ढकालखोलामा अज्ञात समूहले फोहोर फालेपछि पानीको मुहान दूषित भएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । 

वडा नम्बर ३ का अध्यक्ष पर्शुराम अर्यालले फोहोर फाल्ने समूहको खोजी गरी कारबाही गराउने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको थियो । 

उपत्यकामा फोहोर थुप्रिँदै गएपछि शनिबारबाट फोहोर बोकेका गाडी बन्चरेडाँडा पठाइएको थियो । शनिबार एक सय ५२ वटा गाडी गएकामा आइतबार त्यसलाई बढाएर साढे तीन सयसम्म पुर्‍याउने काठमाडौं महानगरपालिकाको तयारी थियो ।