Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार १४:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा पुनः अवरोध, फोहोर बोकेका गाडी बिहानभर तीनपिप्लेमा रोकिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १४:३८:००

काठमाडौं उपत्यकाको फोहोर लिएर आज बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट जाँदै गरेका गरेका गाडी पुनः रोकिएका छन् । 
तारकेश्वर नगरपालिका– ३ को तीनपिप्लेबासीले सडक अवरुद्ध गरेपछि फोहोर लिएर गएका गाडी रोकिएका हुन् । तीनपिप्लेको आठमाइलनजिक रहेको ढकालखोलामा अज्ञात समूहले फोहोर फालेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । 
वडा नम्बर ३ का अध्यक्ष पर्शुराम अर्यालले अज्ञात समूहले पानीको महाुनमा फोहोर फालेको थाहा पाएपछि स्थानीयले बिहान सडक अवरुद्ध गरेको जानकारी दिए । पछि वडाध्यक्ष अर्यालले फोहोर फाल्ने समूहको खोजी गरी कारबाही गराउने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको थियो । 
उपत्यकामा फोहोर थुप्रिँदै गएपछि शनिबारबाट फोहोर बोकेका गाडी बञ्चरेडाँडा पठाइएको थियो । शनिबार १५२ वटा गाडी गएकामा आइतबार त्यसलाई बढाएर साढे तीन सयसम्म पु¥याउने काठमाडौं महानगरपालिकाको तयारी थियो ।