जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाइँथान पुगेका छन् । १० हजारभन्दा बढी भक्तजन गोसाइँथान पुगेका हुन् ।
जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बाग्लुङ, ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, सिन्धुली, झापा, पर्सा, बारा र रामेछाप जिल्लाबाट भक्तजन निलाद्री पर्वत पुगेका छन् ।
समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार संघबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुन सक्ने जोखिम न्यूनीकरण गर्न उत्तरी रसुवाको स्याफ्रुबेँसीस्थित श्यामेवाङ्फेल माविका २५ जना जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरीका साथै उद्धारका लागि यहाँ कार्यरत नेपाली सेना विष्णुदल गण एवं सशस्त्र प्रहरी २० नम्बर गुल्म रसुवा तैनाथ रहेको अध्यक्ष डिएमले जानकारी दिए ।
गोसाइँकुण्डमा १० हजार भक्तजन पुगे
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
तातोपानी नाका आजदेखि तीन दिन खुला चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउ…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको…
दसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म…
तातोपानी नाका आजदेखि तीन दिन खुला
काठमाडौं । चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। दसैँको समयमा वस्तु तथा…
दीपक भट्टका दाइ पनि पक्राउ
काठमाडौं । बिचौलिया दीपक भट्टका दाइ सुशील भट्ट पक्राउ परेका छन्। दीपकलाई छुटाउन चलखेल गरेको प्रमाण भेटिएपछि उनी पक्राउ परेका …
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले …