१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एजुकेसन कर्नर : राष्ट्रियस्तरमा परिचय बनाउँदै द टाइम्स इन्टरनेसनल कलेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१९:oo

काठमाडौंको डिल्लीबजारमा सञ्चालित द टाइम्स इन्टरनेसनल कलेज राष्ट्रियस्तरमा गणनायोग्य कलेज हो । २०५७ सालबाट सञ्चालनमा आएको यो कलेजमा त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय परीक्षाबोर्डका विभिन्न विषय अध्ययन–अध्यापन हुँदै आएका छन् । 

स्थापनाको २२ वर्ष पार गरिसक्दा यो कलेजले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्नातक तथा स्नातकोत्तर तहको अध्ययन–अध्यापन हुँदै आएको छ । स्नातक तहमा मानविकी संकायतर्फ बिसिए, बिएसडब्लुका विषय तथा व्यवस्थापन संकायतर्फ स्नातक तहमा बिबिएस तथा बिबिएमका साथै स्नातकोत्तर तहमा व्यवस्थापन संकायअन्तर्गत एमबिएस कक्षा सञ्चालन हुँदै आएको कलेजले जनाएको छ । 

आधुनिक किसिमका भौतिक पूर्वाधार रहेको यस कलेजमा राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुनका विषय अध्ययन–अध्यापन हुँदै आएका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रमले निर्दिष्ट गरेका विषयहरू बाहेक भविष्यमा विद्यार्थीहरूले तय गरेका विभिन्न क्षेत्रमा सफलताका साथ पुग्न सक्ने गरी यस विद्यालयले अतिरिक्त कोर्स पनि अध्ययन–अध्यापन गराउँदै आएको जनाइएको छ । 

पहिलो प्राथमिकतामा राष्ट्रिय परीषा बोर्डको पाठ्यक्रमलाई राख्दै त्यसअन्तर्गत अतिरिक्त अनुसन्धान गर्दै गराउँदै शिक्षण गर्दा हरेक वर्ष यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय परीषा बोर्डमा उच्च जिपिएका साथ उत्तीर्ण हुन सफल भएका छन् भने मेडिकल क्षेत्र, इन्जिनियरिङग क्षेत्र, कृषिक्षेत्र, वन विज्ञान, बिबिए, बिएचएम कानुनलगायतका उपल्लो तहमा देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा उल्लेख्य संख्यामा नाम निकाल्न सफल बनेको जनाइएको छ ।
 

ad
ad