१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

थामी सांस्कृतिक साँझमा  २० कलाकारको प्रस्तुति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१६:oo

सीमान्तकृत थामी समुदायको लोक संस्कृति उजागर गर्ने उद्देश्यले दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ आयोजना भएको छ । कार्यक्रम दरबारमार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा भएको हो । 

कार्यक्रममा मुलुकभरका थामी कलाकारले गीत, नृत्य, नाटक, क्यारिकेचरलगायतका प्रस्तुति दिएका थिए । कलाकार सेरा थामी, शिखर थामी, रमण थामीलगायत २० जनाभन्दा बढी कलाकारले कार्यक्रमलाई निकै आकर्षक बनाएका थिए । कार्यक्रमले थामी कला संस्कृतिलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कलाकार सेरा थामीले बताए । उनले भने, ‘थामी समुदाय कला र संस्कृतिको खानी हो । तर, मूलधारमा नआउँदा यी कलासंस्कृति लोप हुने अवस्थामा छन् । नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । यही उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ ।’

कार्यक्रमका संयोजक शिखर थामीका अनुसार कलाकारहरूले थामी र नेपाली दुवै भाषामा रोचक प्रस्तुति दिएका थिए । मारुनी, ख्याली, सैहोले वोन्वोलगायतका मौलिक प्रस्तुतिले कार्यक्रम विशेष रोचक बनेको थियो । कार्यक्रममा दुई सयभन्दा बढी दर्शकको सहभागिता रहेको संयोजक शिखरले जानकारी दिए । 

ad
ad