मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २४ मंगलबार २०:०२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपको कप्तानीमा राष्ट्रिय टिम घोषणा, ज्ञानेन्द्र भित्रिए, कुशल बाहिरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २४ मंगलबार २०:०२:००

केन्यासँग खेलिने टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । वैकल्पिक ४ सहित क्यानले २० खेलाडी रहेको टिम घोषणा गरेको हो । 
नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक चयन गरेको भोलिपल्ट क्यानले केन्या भ्रमण गर्ने टिमको टुंगो लगाएको हो । नेपालले केन्यामा ९ देखि १३ भदौसम्म टी–२० अन्तर्राष्ट्रिय तथा १७, १८ र २० भदौमा एकदिवसीय शृंखला खेल्नेछ ।
टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको पुरागमन भएको छ । युएईसँगको शृंखलापछि ज्ञानेन्द्र टिममा परेका थिएनन् । 
विकेटकिपर अर्जुन साउदले पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका छन् । नेपाली यू–१९ राष्ट्रिय टिमका विकेटकिपर साउदले ब्याटिङमा पनि योगदान गर्न सक्छन् । उनी विनोद भण्डारीको स्थानमा परेका हुन् ।
यू–१९ उमेर समूहमा एसियाकप खेलेका शाह आलम र विवेक यादवले पनि टिममा मौका पाएका छन् । टिममा नियमित ओपनिङ ब्याटर कुशल भुर्तेल परेका छैनन् । 
टोलीमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, बसिर अहमद, अर्जुन साउद, साहब आलम, किशोर महतो र विवेक यादव छन् । 
यस्तै, वैकल्पिक खेलाडीमा प्रतिश जिसी, हरिशंकर साह, जितेन्द्र मुखिया र भीम सार्की छन् ।