१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २३ सोमबार १९:५९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चक्कु प्रहारबाट इरानमा १० जनाको ज्यान गयो

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १९:५९:००

दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसन्जनमा ती हमलाकारीले चक्कु प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
घटनाका सबै पीडित पुरुष छन् ।  तीमध्ये ६ अफगानी र चार इरानी नागरिक छन् । रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैँलाई पनि चक्कु प्रहार गरी चोट लगाएको पाइएको छ । हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।