चक्कु प्रहारबाट इरानमा १० जनाको ज्यान गयो

सोमबार, २३ साउन, २०७९
डिजिटल संस्करण

दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसन्जनमा ती हमलाकारीले चक्कु प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
घटनाका सबै पीडित पुरुष छन् ।  तीमध्ये ६ अफगानी र चार इरानी नागरिक छन् । रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैँलाई पनि चक्कु प्रहार गरी चोट लगाएको पाइएको छ । हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
 

सुझावित समाचार