नर्भिक हस्पिटललाई काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

भाडामा लिएको सरकारी जग्गामा अनधिकृत रूपमा संरचना बनाएपछि महानगरकाे अल्टिमेटम

सोमबार, २३ साउन, २०७९
डिजिटल संस्करण
नर्भिक हस्पिटललाई काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

नर्भिक इन्टरनेशनल हस्पिटल । तस्बिर : norvichospital.com

सम्झौताविपरीतका संरचना हटाउन काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएको छ । थापाथलीमा रहेको नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो । महानगरका पूर्वाधार शाखा प्रमुख रामबहादुर थापाले नयाँ पत्रिकासँग भने, ‘संरचना नबनाउने सर्तमा भाडामा लिएको जग्गामा संरचना बनाएपछि तिनलाई हटाउन २४ घण्टे अल्टिमेटम दिएका हौँ ।’

काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपैयाँ भाडा तिर्ने गरी सरकारसँग सम्झौता गरेर लिएको थियो । संरचना नबनाउने सर्तमा जग्गा भाडामा लिए पनि नर्भिकले संरचना बनाएपछि हटाउन महानगरले अल्टिमेटम दिएको उनले बताए । नर्भिकले अहिले सो जग्गामा संरचना बनाई अक्सिजन सिलिन्डरहरू राखेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाए नियमानुसार कारबाही गर्ने महानगरले जनाएको छ । 

सुझावित समाचार