१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २३ सोमबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आदिवासी, जनजातिको हितका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १७:२२:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको बताएका छन् । २८औँ विश्व आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार उनीहरूको हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार सदैव क्रियाशील रहेको बताए । 

आदिवासी, जनजातिहरूको पहिचान गर्ने र उनीहरूको भाषा, कला र संस्कृतिको संरक्षण र संवर्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले बताए । आदिवासी, जनजातिहरूलाई राज्यको कुनै पनि अवसरबाट वञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

‘आज आदिवासी, जनजातिको पहिचानलाई उनीहरूलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ । राज्यका हरेक तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी रूपमा आत्मसात गर्दै राष्ट्रको विकास र समृद्धिका लागि हामी सबै प्रतिबद्ध हुन आवश्यक छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालको सबैभन्दा ठूलो समूदाय आदिवासी, जनजातिको सर्वांगीण विकास गरेर मात्रै नेपालको समृद्धिको सपना यथार्थमा परिणत हुने भएकाले यस कुरालाई आत्मसात गरी काम गर्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’