न्यायको माग राख्दै द्वन्द्वपीडित सुरक्षाकर्मी पक्षको प्रदर्शन (फोटोफिचर)

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण

द्वन्द्वपीडित सुरक्षाकर्मी पक्षले न्यायको माग राख्दै विरोध र्‍याली निकालेका छन्। पीडित सुरक्षाकर्मी परिवार संघ संयुक्त संघर्ष समितिको आयोजनामा आइतबार उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली  निकालेका हुन्।

गम्भीर मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई कारबाहीसहित सुरक्षाकर्मीतर्फका द्वन्द्वपीडितहरूलाई सार्क मुलुकस्तरीय परिपुरण, घाइते सुरक्षाकर्मीको आजीवन निःशुल्क उपचारलगायत उनीहरूको माग छ।

र्‍यालीमा सहभागीहरूले ‘सुरक्षाकर्मीविना समाजको कल्पना गर्न सकिँदैन’, ‘सहिद सुरक्षाकर्मी अमर रहून्’, ‘दोषीलाई उन्मुक्ति दिन पाइँदैन’ जस्ता नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका थिए।

तस्बिरहरू :

सुझावित समाचार