मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २३ मंगलबार
  • Tuesday, 06 June, 2023
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १२:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यावसायिक बिमाका रूपमा लियो : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १२:२६:००

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यावसायिक बिमाको रूपमा बुझिरहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

स्वास्थ्य बिमा कार्यक्रमलाई व्यावसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बिमा बनाउनुपर्नेमा उनको जोड छ। ‘पछिल्लो स्वास्थ्य बिमा कार्यक्रमलाई आजको सरकारले व्यावसायिक बिमाको रूपमा बुझिरहेको छ । तर, यो व्यावसायिक बिमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बिमा हो । त्यसकारणले हामी यसमा फेरि पनि जोड दिन चाहन्छौँ । यसलाई सामाजिक सुरक्षा बिमाअन्तर्गत निरन्तर अघि बढाउन र स्वास्थ्य बिमा ऐनअन्तर्गत बढाई पूर्ववत् अवस्थामा सञ्चालन गर्नको निम्ति दलको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु,’ भट्टराईले भने।

उनले स्वास्थ्य बिमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै एक लाखबाट अब १० लाख बनाउनुपर्ने बताए। सत्तारुढ पाँचदलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिँदै भट्टराईले ६ अर्बभन्दा बढी कोरोनाको बिमा रकम भुक्तानी नगरेकोमा सरकारको आलोचना गरे।