मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण २१ शनिबार १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हर्क साम्पाङको श्रमदान अभियानलाई भोजपुरका सांसद सुदन किराँतीको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार १८:३o:oo

मेयरको कुर्सीमा बसेदेखि नै हर्क साम्पाङ जनतासँगै धरानका पाखाभित्तामा श्रमदान गरिरहेका छन्। उनी सधैँ शनिबारको पर्खाइमा हुन्छन्। गत शनिबार आफूलाई सहयोग गर्न आएकाहरूको भिड देखेर हर्कले हर्षका आँसु नै खसाए। प्रत्येक शनिबार उनी धरानेलाई पानी खुवाउनका लागि साना खोलाहरूको पानी संकलनका लागि श्रमदान तथा उजाड पाखाभित्तामा बोटबिरुवा रोप्न जान्छन्। 

यो शनिबार सर्दु जलधार क्षेत्रमा वृक्षारोपण गरिएको छ। मेयर साम्पाङले नेपालमा श्रम संस्कृतिको सुरुवात गरेको भन्दै यो शनिबार भोजपुर–१ बाट निर्वाचित सांसद सुदन किराँतीले साम्पाङको अभियानमा सहभागी जनाए। माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका किराँती बिहान सर्दु खोला क्षेत्रमा बहत् वृक्षारोपण कार्यक्रममा सहभागी भए। 

साम्पाङले धरानमा चलाएको श्रमदान अभियानको प्रशंसा गर्दै सबै जनप्रतिनिधिहरूले धरानबाट सिक्न पनि उनले आह्वान गरे। मेयर साम्पाङसँगको भेटका क्रममा उनले परिपक्व नेतृत्व गर्न केही सुझावहरूसमेत दिए।