१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २० शुक्रबार २१:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरू र मन्त्री श्रेष्ठबीच छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार २१:३८:oo

पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकाका मेयरहरू तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठबीच छलफल भएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको 
छ । 

छलफलका क्रममा मन्त्री श्रेष्ठले पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्ने बताए । उनले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना रहेको बताउँदै उपत्यकाका स्थानीय तहहरूको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए । 

पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको मन्त्री श्रेष्ठले बताए । साथै विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने आफ्ना योजनाबारे बताएका थिए । 

 छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतलगायतको उपस्थिति थियो ।