मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २० शुक्रबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राम मन्दिरमा धनुष राख्ने विषयमा निधि र अध्यक्ष मिश्रबीच सकारात्मक छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १३:o५:oo

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा सकारात्मक छलफल भएको छ।

बिहीबार नयाँदिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच भएको एक घन्टा लामो छलफलमा धनुष राख्ने विषयमा सकारात्मक छलफल भएको हो। प्रधानमन्त्री संग्रहालयका अध्यक्षसमेत रहेका मिश्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्वप्रधानसचिव हुन्।

त्यस अवसरमा राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने विषयमा पनि छलफल भएको थियो। निधिसँगको भेटमा उनले यसबारे दुवै देशका सरकारबीच छलफल गरी प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

गत शुक्रबार अयोध्या पुगेका निधिले धनुष र शिलाका विषयमा राखेका प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्यसमितिमा छलफल गरी सहमति गराउने वचन दिएका थिए। यसैबीच, पूर्वउपप्रधानमन्त्री निधिको सम्मानमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बिहीबार दूतावासमा रात्रिभोज आयोजना गरेका थिए।