१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १९ बिहीबार १६:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रारा राष्ट्रिय म्युजिक अवार्ड असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १९ बिहीबार १६:२०:००

रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ आगामी असोजमा हुने भएको छ । कर्णाली कलाकार समाजद्वारा आयोजना हुन लागेको अवार्डका लागि आवेदन फारम खुलेको छ।

अवार्डका लागि विभिन्न विधाका कलाकारले साउन मसान्तभित्र फारम भरिसक्नुपर्नेछ । अवार्ड कार्यक्रम काठमाडौंमा हुनेछ । विभिन्न विधामा योगदान पुर्‍याउँदै आएका सर्जकको सम्मानका लागि उक्त अवार्ड कार्यक्रम आयोजना गर्न लागेको रारा राष्ट्रिय म्युजिक अवार्डका अध्यक्ष पदम रोकायाले जानकारी दिए।

भदौ दोस्रो साता नोमिनेसन हुनेछ । एसएमएस भोटिङ, निर्णायकमण्डल र आयोजकले गरेको निर्णयका आधारमा अवार्ड वितरण हुनेछ ।