मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा जारी छ। आजको बैठकबाट सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्न सक्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन्।
यसअघि बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकले संघ र प्रदेशको चुनाव आगामी ४ मंसिरमा गर्ने सहमति जुटाइसकेको छ।