Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण १७ मंगलबार १९:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई सातादेखि अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार १९:२९:००

बाजुरा जिल्लाको मुख्य राजमार्ग रहेको साँफे-मार्तडी सडकखण्डअन्तर्गत पर्ने बडिमालिका नगरपालिका- १ अम्काेटमा पहिरो जाँदा २ सातादेखि राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा जिल्लाको जनजीवन प्रभावित भएको हो।

सडकको तलबाट बुढीगंगा नदीले कटान गर्दै गएपछि भारी वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध भएको छ। अम्काेटमा विगत ६ वर्षदेखि वर्षायाममा पहिरो जाने गरेको छ र बर्खायाममा पहिरो जाने भएपछि साँफे-मार्तडी राजमार्ग अवरुद्ध हुँदा साना तथा ठूला दुरीका सवारीसाधनहरू बन्द भएका छन्।