मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण १७ मंगलबार १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले निर्लज्जता प्रकट गर्‍याे : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १८:२३:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्। ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए।

तुल्सीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भीषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे। भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरू कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुनलायक नभएको जिकिरसमेत गरे।

‘मैले उहिले पनि भनेको थिएँ– गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर । तर, यसपल्ट त गोरु पनि लजाउने काम सरकारले गर्‍यो। गोरु आफैँ लजाउने । भ्रष्टचारको केश लाग्या छ, छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन । छानबिन भएकै छैन । कल डिटेल्स हटाएको छ,' ‌ओलीले भने,'अनि सिसीटिभी फुटेज मेटाइएको छ । रिभाइभ गर्दा देखिँदैन, बुझिँदैन । अनि सफाइ पायो । कहाँबाट पायो सफाइ ? कल डिटेल्ससमेत लिन नदिएर, कल डिटेल लिन नमानेर गठबन्धनवालाहरू । अनि फेरि अचम्मत के भने– लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको । नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ?’