मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १६ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यालयका लागि सामान खरिद गर्दा साढे चार लाख हिनामिना गर्ने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार १६:३९:oo

कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गर्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामान खरिद नगरी, हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने–दिने गरेको तथा फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिदमा चार लाख ४७ हजार पाँच सय रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । आव ०७३/७४ मा सामग्री खरिद गर्दा उक्त हिनामिना भएको होे । आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार  जाेशीविरुद्ध  हिनामिना भएको रकमबराबरको बिगो दाबी गरी आयाेगले अदालतमा मुद्दा दायर गरेको छ ।