Skip This
युनियनको कार्यकाल लम्बिँदैन : अध्यक्ष लम्साल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १३ शुक्रबार १९:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युनियनको कार्यकाल लम्बिँदैन : अध्यक्ष लम्साल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १९:३४:oo

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनको कार्यकाल विधानको व्यवस्थाभन्दा बढी समय नलम्ब्याउने बताएका छन्। शुक्रबार काठमाडौंको थापागाउँमा आयोजित युनियनको निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

‘मेरा लागि यो महत्वपूर्ण अवसर हो भन्ने बुझेको छु। मेरो निष्ठामा शंका नगर्नुहोला। मैले संगठनलाई घाटा हुने काम गरेको छैन। युनियनकर्मीको भावनाअनुरूप संगठन चल्नुपर्छ,’ उनले भने, ‘बन्दसत्रको हलमा उठेका हरेक मुद्दा सम्बोधन गर्नुपर्ने जिम्मेवारी छ। शंका नगर्नुस् हामीले कार्यकाल लम्ब्याउने छैनौँ।’ नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार दिउँसो २ बजे अनुपम फुडल्यान्डमा राखिएको छ।