१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २१:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हजार रुपैयाँ चोरेको आरोपमा श्रीमतीको बीभत्स हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २१:२२:oo

हजार रुपैयाँ चोरीको आरोपमा रुपन्देहीमा एक महिलाको श्रीमानबाट बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार रुपन्देहीको कञ्चन गाउँपालिका– १ डेलरमा आफ्नै घरमा श्रीमान् र छोरासँग बसोवास गर्दै आइरहेकी ३१ वर्षकी सावित्री थापा क्षेत्रीको हत्या भएको हो । 

सावित्री सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सालझन्डीबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो । इप्रका सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार मृतकको टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत शरीर बुधबार बिहान फेला परेको थियो । उनका अनुसार कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू देखिएको र शरीरका विभिन्न भागमा निलडामहरूसमेत देखिएको थियो । आवश्यक प्रक्रियापश्चात् शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सावित्रीको हत्या भएको हुन सक्ने देखिएकाले आवश्यक अनुसन्धानका लागि मृतकको श्रीमान् ३३ वर्षीय यमबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ थापाले मादक पदार्थ सेवन गरी सुतेका थिए । श्रीमती सावित्री थापाले अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको हजार रुपैयाँ लिई मदिरा किनेर खाएकी थिइन् । 

रातको करिब २ बजे थापाले उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई नसोधीकन पैसा लिएको भनी कुटपिट गरेका थिए । कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई खाटको खुट्टा र भित्तामा टाउको ठोक्याएर श्रीमतीको हत्या गरेको खुल्न आएको इप्रका सालझन्डीले जनाएको छ । थापालाई ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
 

ad
ad