मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : सिन्ह्वा
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार १५:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्समा शक्तिशाली भूकम्प, चारजनाको मृत्यु, ६० घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार १५:२२:००

फिलिपिन्समा सात म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । भौतिक संरचनाले पुरिएर चारजनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 

उनीहरूका अनुसार भूकम्पको धक्का जापान, ताइवान र चीनमा समेत महसुस गरिएको थियो । उत्तरी लुजोन टापुमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पबाट लुजोन टापुको अब्रा प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । उद्धारकर्ताहरूले भत्किएका संरचनाभित्र पुरिएकाहरूको खोजी तथा उद्धार गरिरहेका छन् ।