Skip This
प्रि–सिजन टुरमा बार्सिलोना–युभेन्टस बराबरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ११ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रि–सिजन टुरमा बार्सिलोना–युभेन्टस बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार १३:१६:oo

प्रि–सिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनालाई युभेन्टसले बराबरीमा रोखेको छ । दुवैपटक अग्रता जोगाउन नसक्दा बार्सिलोना २–२ गोलको बराबरीमा रोकियो ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्साको लागि औसमाने डेम्बेलेले पहिलो हाफमा दुवै गोल गरेका थिए । बलमाथि राम्रो नियन्त्रण राख्दै डेम्बेलेले सानदार गोल गरेका थिए । तर, पहिलो गोल गरेको केही मिनेटमै युभेन्टसका लागि मोइन केनले बराबरी गोल गरे । 

पहिलो हाफमै पुनः उत्कृष्ट गोल गर्दै डेम्बेलेले बार्सालाई अघि बढाए । तर, दोस्रो हाफमा केन पुनः बाधक बने । उनले बराबरी गोल गर्दै युभेन्टसलाई बराबरी गराए ।