Skip This
भारतमा ४ करोड मानिसले अझै कोभिड खोप लिएनन्
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ७ शनिबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
२o७९ श्रावण ७ शनिबार १९:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा ४ करोड मानिसले अझै कोभिड खोप लिएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७९ श्रावण ७ शनिबार १९:३७:oo

भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ। कनिष्ठ संघीय स्वास्थ्यमन्त्री भारती प्रवीण पवारले शुक्रबार भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा सम्बोधन गर्दै सो विवरण सार्वजनिक गरेका हुन्।

पवारले संसदमा लिखित जवाफ पेस गर्दै सोमबारसम्ममा  खोप लगाउनयोग्य उमेर समूहका करिब ४ करोड  मानिसले हालसम्म पहिलो मात्राको खोप पनि नलिएको बताएका हुन्।  सोमबारसम्म कुल ९२६,१७२,६६१  खोप लगाउनयोग्य उमेर समूहका (८७.४ प्रतिशत) ले कोभिड–१९ विरुद्धको खोपको दुवै डोज प्राप्त गरेको पनि मन्त्रीले जानकारी दिएका छन्।

त्यसैगरी, सो खोपको तेस्रो मात्रा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका सबै योग्य उमेर समूहका व्यक्तिहरूलाई मार्च १६ देखि प्रदान गरिने पनि सार्वजनिक गरिएको छ।