सात थान पासोसहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका- ४ गुदेलका जितबहादुर राई रहेका छन्।
५८ वर्षीय राईलाई खुम्बु पासाङल्हामु गाउँपालिका- ५ फोर्चेस्थित बारीमा पन्छीलाई थापिएको पासोसहित पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। उनलाई शुक्रबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी विष्णु रोकायाले बताए। राईलाई निकुञ्जको सुधारगृहमा राखी थप अनुसन्धान सुरु गरिएको जनाइएको छ।