१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारत लैजान लागेको शंकास्पद आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२६:oo

भारत लैजान लागेको आठ ट्रक शंकास्पद सुपारी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर– १८ स्थित आइसिपी रोडबाट शुक्रबार बिहान भारतीय नम्बरका आठवटा ट्रकमार्फत भारत लैजान लागेको शंकास्पद सुपारी इलाका प्रहरी कार्यालय रानीको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले सुपारी लोड गरिएका युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका आठवटा ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको उक्त सुपारी भारतको नागपुर लैजान लागेको ट्रकका चालकहरूले बयान दिएका छन्। उक्त सुपारी कसको हो र कहाँबाट ल्याइएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। मोरङ प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले नियन्त्रणमा लिएको सुपारीको कागजातको अनुसन्धान भइरहेको बताए। उनले भने, ‘हामी अनुसन्धान गर्दै छौँ। त्यसपछि मात्र छाड्ने या थप अनुसन्धानका लागि निकायमा बुझाउने भन्नेबारे निधो हुन्छ।’
 
स्रोतका अनुसार इन्डाेनेसियाबाट आयात गरिएको उक्त सुपारीलाई झापामा उत्पादन गरिएको भनी मिलेमतोमा भन्सार जाँचपास गराएर भारत लैजाने तयारी भइरहेको थियो। विराटनगर भन्सार कार्यालयका अनुसार प्रमाणित गराइएको नेपाली सुपारी मात्र भन्सार महसुल बुझाएर निर्यात गर्न पाइन्छ। विदेशी सुपारी  निर्यातमा प्रतिबन्ध छ।

प्रहरीले आठ ट्रक सुपारी नियन्त्रणमा लिएसँगै तेस्रो मुलुकबाट सुपारी आयात गरेर नेपाली भनी भारतर्फ तस्करी गर्ने क्रम जारी रहेको खुलेको छ।

ad
ad