१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

किसानसँग 'घुस मागेर हैरान पार्ने' गाउँपालिकाका अधिकृत अख्तियारको फन्दामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:३५:oo

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्रबहादुर बुढाक्षेत्री सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उनलाई ३० हजार रुपैयाँ घुससहित आइतबार पक्राउ गरेको हो।

बिउबिजन सामग्रीको रकम भुक्तानीबापत मागिएको घुससहित कैलालीको सुखडस्थित नवरत्न होटेलबाट बुढाक्षेत्रीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुवाङले बताए। बिउबिजनको भुक्तानी गरेबापत उनले भुक्तानी मागेको कुरुवाङले बताए।

 ‘भुक्तानी दिनका लागि पटक-पटक घुस मागेका रहेछन्। सम्बन्धित व्यक्तिबाट गुनासो आएपछि हामी चार/पाँच दिनदेखि ‘फलोअप’ गरिरहेका थियौँ,’ कुरुवाङले भने, ‘पटक-पटक रकम मागेर हैरान गरेपछि सेवाग्राही हामीकहाँ पुगेका हुन्।’ 

बिउबिजन आपूर्तिकर्ताले भुक्तानीका लागि क्षेत्रीलाई यसअघि पनि १४ हजार रुपैयाँ दिएको बताइएको छ।   
    

ad
ad