१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:४८:oo

नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छिन्। आइतबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि उनले पदभार ग्रहण गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथग्रहण गराएका थिए। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताइन्।

उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन्।

ad
ad