१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३१ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार ३१ शुक्रबार २o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६६ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार ३१ शुक्रबार २o:२५:oo

बैंकिङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शमशेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  जनाएको हो। 

उनको नामको बैंक खाताको चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत चैत २१ गतेको फैसलाले १० दिन कैद र रु ६६ लाख जरिवानाको आदेश दिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई बिहीबार पक्राउ गरेको थियो । ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि आज  काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।