Skip This
कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ३० बिहीबार
  • Wednesday, 12 August, 2026
२o७९ असार ३० बिहीबार १६:३६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३० बिहीबार १६:३६:oo

कवि नवीन प्राचीनको कवितासंग्रह प्वाँख बजारमा आएको छ। पब्लिकेसन नेपालयले बजारमा ल्याएको कवितासंग्रहमा ८७ कविता संग्रहित छन्।

भुटानी मूलका नेपालीभाषी कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली 'सुफि–शैलीका कविता' भन्न रूचाउँछन्। 'प्वाँखभित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसके जस्तो लाग्छ,' पुस्तकबारे कवि पराजुली भन्छन्, सायद मेरो हृदयको अन्तर्ध्वनि थियो। उसका सबै कविता मैले पहिल्यै देखिसके जस्तो लाग्छ। सायद मेरो हृदयको अन्तर्झिल्का थियो। तर कत्ति चाहेर पनि कतै पढ्न चाहिँ पाएको थिइनँ। आज कविताले नवीनलाई चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ।'

सो कवितासंग्रह हालसालै एक समारोहबीच अमेरिकाको न्युयोर्कमा विमोचन गरिएको थियो। नेपाली बजारका लागि २९५ रुपैयाँ मूल्य तोकिएको पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ।