मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २९ बुधबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राप्ती हाइड्रोको आइपिओ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २९ बुधबार ११:२७:००

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६ सय २३ कित्तासहित कुल २३ लाख ६६ हजार दुई सय ४० कित्ता सेयर निष्कासन गरेको जनाएको छ ।

कम्पनीले जारी गरेको आह्वानपत्रअनुसार कुल निष्कासित सेयरमध्ये तीन प्रतिशत अर्थात् ७० हजार नाै सय ८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १८ हजार तीन सय १२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार नाै सय ४० कित्ता सेयरका लागि सर्वसाधारण लगानीनिकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो सेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आइआरबी’ रेटिङ प्रदान गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहनिष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।