Skip This
माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता : ५० भन्दा बढी देशका १५ सय खेलाडी पोखरा आउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता : ५० भन्दा बढी देशका १५ सय खेलाडी पोखरा आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:२६:oo

नेपाल तेक्वान्दो संघको आयोजनामा पर्यटकीय नगरी पोखरामा आगामी ५ देखि ९ असोजसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–०२२ हुने भएको छ । आयोजक संघका महासचिव दीपराज गुरुङका अनुसार प्रतियोगितामा सिनियर महिला–पुरुषतर्फ ८–८ र जुनियरतर्फ १०–१० तौल समूहका खेल हुनेछन् ।

काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो । गत वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने तय भए पनि कोभिड महामारीका कारण रोकिएको थियो ।

हालै, अन्तर्राष्ट्रिय तेक्वान्दो संघले प्रतियोगिता सञ्चालनका लागि अनुमति दिएपछि आयोजकले मिति घोषणासँगै तयारी सुरु गरेको उनले जानकारी दिए । प्रतियोगिता सफल बनाउन पोखरेलीहरूले नै स्वामित्व लिनुपर्ने उनको भनाइ छ । 

संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले प्रतियोगिता आयोजना गर्न जति सहज देखिन्छ त्यसलाई सफल बनाउन उत्तिकै चुनौतीपूर्ण रहेको बताए । प्रतियोगिता सफल पार्न पोखरेलीहरूको ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ छ । 

गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीले प्रतियोगिता सफल पार्न सबैको दायित्व बराबर रहेको बताए । संघ आइतबार सम्पन्न बैठकमा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुलेङ प्रतियोगिता तयारीबारे हालसम्म भएका गतिविधि जानकारी गराए । 

प्रतियोगितामा स्वदेशी र विदेशी गरी ५० भन्दा बढी देशका एक हजार पाँच सय खेलाडी सहभागी हुने अपेक्षा आयोजकको छ । खेलाडीसँगै रेफ्री, अफिसियल र उनीहरूका परिवार गरी दुई हजारभन्दा बढी विदेशी पोखरा आउने अनुमान आयोजकको छ । विश्व तेक्वान्दो संघले मान्यताप्राप्त गरेको जिटु खेल खेलाइने भएकाले सहभागी संख्या अझै बढ्न सक्ने अनुमान आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रकाशशमशेर राणाले जानकारी दिए । 

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति र ५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । प्रतियोगिताले पोखराको मात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । साथै कोभिड–१९ ले थलिएको पर्यटन व्यवसाय प्रवद्र्धनका लागि समेत प्रतियोगिता सहयोगी हुने आशा गरिएको छ ।

ad
ad