मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Tuesday, 07 January, 2025
२o७९ असार २६ आइतबार १५:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लाखौँ रुपैयाँ भेटेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार १५:o५:oo

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा शनिबार ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास प्रवेश गरे। राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग गर्दै शनिबार हजारौँ मानिस राजधानी कोलम्बोमा भेला भएका थिए।

देशको खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका नागरिकको प्रदर्शन अनियन्त्रित हुँदा उनीहरूले राष्ट्रपति भवनमा तोडफोडसमेत गरेका थिए। सो क्रममा प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लाखौँ रुपैयाँ भेटेका समाचारहरूमा दाबी गरिएको छ।

समाचार एजेन्सी पिटिआईका अनुसार सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा राष्ट्रपतिनिवास प्रवेश गरेका मानिसहरूले पैसा गनिरहेको देखिन्छ। श्रीलंकाली समाचार संस्था डेली मिररको रिपोर्टअनुसार सो रकम सेक्युरिटी युनिटलाई बुझाइएको छ। प्रशासनले भने अनुसन्धानपछि मात्र यस विषयमा जानकारी दिन सक्ने बताएको छ।

सार्वजनिक तस्बिर र भिडियोहरूमा प्रदर्शनकारीले राष्ट्रपति भवनको भान्सा, बेडरुम र बाथरुम प्रयोग गरिरहेको देखिन्छ। प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी आवासमा समेत आगो लगाइदिएका थिए। यद्यपि, सो क्रममा राष्ट्रपति र प्रधानमन्त्री दुवैजना आफ्नो निवासमा उपस्थित थिएनन्। बिबिसी हिन्दीबाट