मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गगन अयडी बाजुरा
२०७९ असार २४ शुक्रबार २०:५७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बुढीगंगामा एमालेको अग्रता कायमै 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ असार २४ शुक्रबार २०:५७:००

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । वडा नं १ र १० को १२०० मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार  रामबहादुर बानियाँले ६२० मतसहित अग्रस्थानमा छन् ।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रंग खातीले ५१६ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी माया कुँवरले ६१५ मत  प्राप्त गर्दा कांग्रेसकी रीता शाहीले ५२८ मत ल्याएकी छिन् । हाल गणना भइरहेका दुईवटै वडाका वडाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन् ।