गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। नारा सहरमा आयोजित चुनावी भाषण गर्दै गर्दा ६७ वर्षीय आबेमाथि गोली प्रहार भएको थियो।
जापानको समाचार संस्था एनएचकेका अनुसार भाषण गरिरहेका आबेलाई एकजनाले पछाडिबाट गोली हानेका थिए । आक्रमणकारी ४० वर्षीय पुरुषलाई प्रहरीले हिरासतमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।