मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २२ बुधबार
  • Tuesday, 15 July, 2025
२o७९ असार २२ बुधबार २o:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियास्थित राजधानीमै जेलमा आक्रमण, ३०० कैदी भागे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार २o:o५:oo

नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मंगलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएकाे एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन्। घटनामा अन्य तीनजना घाइते भएकाे पनि बताइएको छ।

आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए। उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाए पनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिक मामिला मन्त्रालयका स्थायी सचिव सुइबु बेगोरले सञ्चारमाध्यमहरूलाई बताएका छन्।